प्रधानमन्त्रीले फेरि भने, ‘कोही भोकै मर्दैन र मदैन’
अखबार टुडे
प्रकाशित:
२०७७, २३ माघ

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सभालाई इतिहासकै ठूलो जनसभा भएको बताएका छन् । शुक्रबार आफ्नो पक्षको नेकपाद्वारा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् । उनले भने, ‘यस्तो सभा योभन्दा पहिले भएको थिया, न त अब नै हुनेछ । यो इतिहासकै ठूलो जनसभा हो ।’
पूर्वाधारहरुको विकासमा सरकारले ध्यान दिएको, समाज सुधार गर्न र समाजलाई माथि उठाउनका लागि सरकारले तिव्ररुपमा काम गरिरहेको उनले बताए । प्रधानमन्त्री ओलीले आफूले चलाएको अभियानले गर्दा आज सडकमा कोही मानिसहरु भड्केर हिँड्नु नपरेको दावी गरे ।
सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ‘कोही भोकै नहुने र नमर्ने’ आफ्नो पुरानो भाषणलाई समेत दोर्याए । उनले भने, ‘सरकारले कोही पनि नेपाली नागारिक सकडमा भड्केर हिँड्न नपरोस् भन्ने अभियान चलाएपछि आज कोही पनि सकडमा छैनन् ।’ उनले समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई सफल बनाइ छाड्ने दावी गरे । अहिले काठमाडौंका नारायणहीटी अगाडि सभा जारी छ ।

प्रतिक्रिया