‘बृहद् नागरिक आन्दोलन’को मार्चपासमा ‘गहुँगोरो अफ्रिका’
अखबार टुडे
प्रकाशित:
२०७७, २३ माघ

काठमाडौं, २३ माघ । सरकारको ‘असंवैधानिक’ कदमविरुद्ध ‘बृहत् नागरिक आन्दोलन’ले शुक्रबार लैनचौरबाट शीतलनिवास मार्चपास गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्दै आएको बृहद् नागरिक आन्दोलनले आज संवैधानिक निकायमा गरिएका नियुक्तिको विरोध मार्चपास गरेको हो ।
लैनचोरबाट सुरु भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भएको थियो । मार्चपासमा सहभागीहरुलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको हो । कोणसभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गर्दै ‘गहुँगोरो अफ्रिका’ कविता समेत बाचन गरेका थिए ।
लेखक खगेन्द्र संग्रौला, पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले, पत्रकार राजेन्द्र महर्जनलगायत धेरै लेखक, कवि, पत्रकार तथा बुद्धिजीवि कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया