नारायणहिटी अगाडि आज ओलीको शक्ति प्रदर्शन
प्रकाशित:
२०७७, २३ माघ

काठमाडौं, २३ माघ । नेकपा ओली पक्षले आज प्रतिनिधिसभा विघटनको पक्षमा शक्ति प्रदर्शन गर्दैछ । नारायणहिटी दरबार संग्राहलयको अगाडि हुने सभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरु ल्याइएको छ ।
आजको हुने सभामा दुई लाखभन्दा बढी कार्यकर्ता उतार्ने ओली पक्षको दाबी छ । काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ स्थानबाट प्रदर्शनसहित निस्किनेछन् । प्रदर्शन मध्यान्ह १२ बजे आमसभामा परिणत हुने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजित बनेको छ । त्यसपछि दुबै समूहले सडक प्रदर्शन, भेला, सभाहरुलाई तीव्रता दिएका छन् ।
आजको सभामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापासहितका नेताले सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त