नेपाली नागरिकले स्वाङ पार्न थाले : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, २२ माघ

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताए । बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो औँल्याएका हुन् ।
‘कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनपर्छ । कृषि क्षेत्र हाम्रो जनसंख्यासँग व्यापक रुपमा जोडिएको छ’ उनले भने, ‘कृषिमा आधुनिक प्रविधि प्रयोग गरी आत्मनिर्भर बनाउनका लागि उत्पादन र उत्पादकत्व बढाउन पर्यो । तब मात्र नेपाल कृषि उपजहरुको निर्यातक हुनसक्छ ।’
प्रधानमन्त्री ओलीले नेपाली नागरिकले स्वाङ पार्न थालेको बताउँदै भने, ‘हामीलाई लालकिला भन्ने लामो सिता भएको चामल चाहिएको छ । हामीलाई किन चाहियो इन्डिया गेट चामल ? इन्डिया गेट कति पुरानो चामल हो ? त्यसमा कति पौष्टिक तत्व हुन्छ ? बास्मती चाहियो, लालकिला चाहियो, इन्डिया गेट चाहियो ?’ उनले खाद्यान्नको अभाव भएरभन्दा पनि आनीबानी बिग्रिएर त्यस्ता चामलहरुको आयात हुन थालेको बताए ।

प्रतिक्रिया