आमसभाको एक दिनअघि : नेता बस्नेतको नेतृत्वमा मार्चमास
अखबार टुडे
प्रकाशित:
२०७७, २२ माघ

काठमाडौं, २२ माघ । ओली पक्ष नेकपाले शुक्रबार काठमाडौंमा आमसभा गर्दैछ । आमसभाको अघिल्लो दिन बिहीबार ओली पक्षका नेता तथा पूर्वमन्त्री महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गरेको छ ।
बिहीबार काठमाडौं र भक्तपुरका १० स्थानबाट करिब तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन् । नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालकै दिन शुक्रबार हुने आमसभालाई लक्षित गरी मार्चपास गरिएको हो ।
नेता बस्नेतका अनुसार मार्चपास वाल्मिकी कलेजबाट सुरु भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै पुनः वाल्मिकी कलेज पुगेको थियो । मार्चमासमा सहभागी हुन स्यमंसेवकहरु मोटरसाइकलमा आएका थिए । ओली पक्षको आमसभा बिहीबार नारायणहिटी संग्रहालय अगाडि हुँदैछ ।

प्रतिक्रिया