प्रचण्ड-माधव समूहको आमहड्ताल : सुदूरपश्चिम प्रभावित
अखबार टुडे
प्रकाशित:
२०७७, २२ माघ

धनगढी, २२ माघ । नेकपा प्रचण्ड–माधव समूहको आमहड्तालको असर सुदूरपश्चिममा पनि परेको छ । प्रदेशको राजधानी धनगढी पूर्णरुपमा बन्द भएको छ ।
प्रचण्ड–माधव समूहका कार्यकर्ता बिहानैदेखि सडकमा निस्किएका छन । उनीहरुले क्याम्पस रोडमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । धनगढीबाट संघीय राजधानी चल्ने र छोटो दुरीका सवारी साधन चलेका छैनन् । सुदूरपश्चिमका पहाडि जिल्लाको यातायात पनि ठप्प रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म कैलालीसहितका अरु पहाडी जिल्लामा अप्रिय घटना भएको छैन ।
यस्तै, बर्दिबासस्थित पूर्व–पश्चिम राजमार्ग प्रहरीले लाठी चार्ज गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासमा आन्दोलनकारीले बन्द गरेको राजमार्ग प्रहरीले बल प्रयोग गरेर खुलाएको हो । बिहानैदेखि प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्र्तगत महोत्तरीको बर्दिबासमा राजमार्ग बन्द गराएका थिए । पाँच घण्टादेखि राजमार्ग खुलाउन प्रयासरत रहेका प्रहरी टोलीले त्यसपछि लाठी चार्ज गर्दै सडक खुलाएको हो ।

प्रतिक्रिया