आमहड्ताल : कार्यकर्तासँगै सडकमा अध्यक्ष प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७७, २२ माघ

काठमाडौं, २२ माघ । आज घोषणा गरिएको आमहड्ताल सफल पार्न नेकपा प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ । बागबजार रत्नपार्क क्षेत्रमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरु खटिएका छन् ।

आज घोषित आमहड्ताल सफल बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सडकमा निस्किएका छन् । प्रचण्ड सातदोबाटो चोकमा निस्किएका हुन् ।
प्रचण्ड–नेपाल समूहले असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।
हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका ७१ जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

प्रतिक्रिया