आमहड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
अखबार टुडे
प्रकाशित:
२०७७, २१ माघ

काठमाडौं, २१ माघ । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले देशका विभिन्न स्थानमा मसाल जुलुस निकालेका छन् ।
नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ । त्यसको सांकेतिह रुपमा बुधबार साँझ राजधानीको बागबजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड–माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू खुसी असंवैधानिक रुपमा दुई तिहाइ बहुमतको प्रतिनिधिसभा विघटन गरेपछि सरकार आफै काम चलाउ बनेको छ ।

प्रतिक्रिया