राज्यमन्त्री मानन्धरलाई ‘विश्व कीर्तिमानी’को प्रमाणपत्र
अखबार टुडे
प्रकाशित:
२०७७, २१ माघ

काठमाडौं, २१ माघ । लगातार ४ घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिज वल्र्ड रेकर्डस् कायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
भारतको नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गरे ।
मन्त्री मानन्धरले गत १० पुसमा सो अवधिमा विभिन्न ५९ वटा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा श्हरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
मन्त्री मानन्धरसँग बुधबार दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गरको छन् ।

प्रतिक्रिया