नेपाल खबर

प्रचण्ड-माधव समूहले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको ओलीको दावी

काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शार्मा ओलीले अर्कोसमूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् । उनले नेकपा प्रचण्ड–माधव समूहले देउवालाई दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको दावी गरेका हन् ।
बुधबा नेपाल भुमिहिन सुकुम्बासी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘काग्रेस सभापति देउवालाइै प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको रहेछ ।’ उनले नेकपा अध्यक्ष माधवकुमार नेपालको भेटवार्ताका क्रममा देउवालाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको दावी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘अस्ति माधव नेपाल १८ गते शेरबहादुर देउवाजीकाँ गका थिए । रामका अगाडी हनुमान घुँडा टेकेर प्रणाम गर्छन् नि माधव त्यसरी नै बसेका थिए । अब दुई वर्षको प्रधामन्त्री तपाई नै हो । तपाईलाई नै दिन्छौं । दुई वर्षको प्रधानमन्त्री खानुस लेखेर दिन्छौँ । सही गरेर दिन्छौं भनेर निस्के ।’
प्रधानमन्त्री ओलीले आफूले बहुमत ल्याउने बताउँदा आशंका गरिएको भन्दै आफ्नै पक्षमा बहूमत आउनेसमेत दोहोर्याए । ‘जनताले हामीलाई बाहेक कसलाई भोट दिन्छन् ? अन्त भोट दिने ठाउँनै छैन । त्यसैले हाम्रै बहुमत आउँछ’ ओलीको भनाइ छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top