नेपाल खबर

प्रचण्ड-माधव समूहद्वारा आमहड्ताल घोषणा


काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।
सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहले बिहीबार आमहड्ताल घोषणा गरेको हो ।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमलाई परिमार्जित गर्दै नेकपाले आमहड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबारे आधिकारीक जानकारी दिन आज दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दैछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top