पत्रकार उत्सव र आरतीबाट कुटपिट भएको भन्दै सुस्माले दिइन् प्रहरीमा उजुरी
अखबार टुडे
प्रकाशित:
२०७७, २० माघ

काठमाडौं, २० माघ । नायिका सुष्मा कार्कीे आफूमाथि कुटपिट र गाली गलौज भएको बताएकी छन् । राजधानीको दरबारमार्गस्थित लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छन् ।
सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा रहेको सुस्मालाई उदृत गर्दै अनलाइन खबरले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया