प्रचण्ड–माधव समूहले आधिकारिता दावी पत्र आयोगलाई बुझायो
अखबार टुडे
प्रकाशित:
२०७७, २० माघ

काठमाडौं, २० माघ । प्रचण्ड–माधव समूहले आफूहरु नेकपाको आधिकारिकता दावी गर्दै मंगलबार निर्वाचन आयोगलाई पत्र बुझाएको छ । अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय पुगेर पत्र बुझाएको हो ।
सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोहीअनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया