एन फु भियतनाम कम्युनिष्ट पार्टीको प्रमुखमा पुनः निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७७, १८ माघ


हनोई, १८ माघ (सिन्ह्वा) । भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले नुएन फु ट्रोङलाई पार्टीको महासचिव पदमा पुनः निर्वाचित गरेको छ । उनी भियतनाम कम्युनिष्ट पार्टीको लगातार तेस्रो पटक महासचिव भएका हुन् ।
भियतनाम समाचार एजेन्सीका अनुसार पार्टीको बैठक गत जनवरी २५ देखि शुरु भएको थियो । यस बैठकले पार्टीका पोलिटब्युरो, सचिवालय, अनुगमन आयोग र अनुगमन आयोगका प्रमुखको समेत चयन गरेको छ ।
भियतनाम कम्युनिष्ट पार्टीको नेसनल कङ्ग्रेसमा ५१ लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्दै एक हजार ५८७ प्रतिनिधिले भाग लिएका छन् ।
ट्रोङ हाल भियतनामको राष्ट्रपति समेत रहनुका साथै पोलिटब्युरोको अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया