पोखराकी एलिना भइन् ‘नेपाल स्टार’
अखबार टुडे
प्रकाशित:
२०७७, १७ माघ


काठमाडौं, १७ माघ । सांगीतिक रियालिटी शो ‘नेपाल स्टार’को उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । नेपाल टेलिभिजनमार्फत प्रशारित यस रियालिटीको शनिबार ग्राण्ड फिनाले भएको हो । एलिनाले उपाधिसँगै ३५ लाख नगद पुरस्कार पनि पाएकी जितेकी छन् ।
‘नेपाल स्टार’को यस संस्करणमा फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामाले जनही ५ लाख रुपैयाँ पाएका छन् । विजेताले त्यसमा थप ३० लाख रुपैयाँ पाएसँगै शो विजेताले कुल ३५ लाख रुपैयाँ नगद पाएका हुन् ।
शोको विजेता बनेसँगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । अन्य तीन उपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएको आयोजकले जनाएको छ ।

यस प्रतियोगिताका लागि गायिका अञ्जु वन्त, रामकृष्ण ढकाल र संगीतकार आलोकश्री निर्णायक थिए ।

प्रतिक्रिया