कांग्रेसको स्पष्ट अडान संसद पुर्नस्थापना नै हो : नेता पौडेल
अखबार टुडे
प्रकाशित:
२०७७, १७ माघ

काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मुलुक संकटमा परेको बताएका छन् । उनले २०५१ र २०५९ सालमा संसद विघटन हुँदा मुलुकमा संकट परेको बताँदै भने, ‘अहिले फेरि प्रधानमन्त्री ओलीले मुलुक संकटमा लागे काम गरे । नेता पौडेलले नेपाली कांग्रेसको स्पष्ट अडान संसद पुर्नस्थापना नै भएको बताए ।
शनिबार काभ्रेको कुन्तावेसीमा आयोजित कार्यक्रममा नेता पौडेलले हरेक पटकको संसद विघटनले मुलुकलाई संकटमा धकेलेको बताउँदै संसद विघटन गर्ने कदम फिर्ता गर्दा मुलुकको संकटलाई निकास दिएको स्मरण गराए । २०५१ सालपछि संसद पुर्नस्थापना हुँदा पनि निकास पाएको र २०५९ सालमा पनि कांग्रेसले आन्दोलनबाट पुर्नस्थापित संसदले निकास दिएको उनको भनाइ छ ।

प्रतिक्रिया