नेपाल खबर

आफैँले हुर्काएको मान्छे दलाल भएर गए : अध्यक्ष प्रचण्ड

file photo

धनगढी, १७ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले संसद विघटन नभएको बरु केपी ओलीको सरकार विघटन भएको बताएका छन् । शनिबार सुदूरपश्चिमको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।
प्रतिनिधिसभा विघटनको विरुद्ध चरमवद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–माधव समूहले शनिबार धनगढीमा विरोधसभा आयोजना गरेको हो । सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अरु प्रतिपक्षी दलहरुले समेत केपी ओलीको कदमलाई अलोकतान्त्रिक भनेका छन् । प्रधानमन्त्रीले राष्ट्रघात गरेको कुरा संसदबाट पुष्टि गर्नसक्छ ।’ विकल्पको रुपमा सभामुखले बैठक बोलाउन सक्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘संसद बैठक बोलाएर प्रधानमन्त्री ओलीलाई कारबाही गर्न सकिन्छ ’
उनले ओली समूहमा लागेका पूर्वमाओवादीका नेताहरुप्रति आक्रोश पोख्दै भने, ‘आफैँले हुर्काएको मान्छे छोप्नै नसकिने गरी दलालको पनि दलाल भएर गए ।’ धनगढीमा ९५ प्रतिशत नेकपाका नेताहरू आफ्नो पक्षमै अडिग रहेको उनको दावी छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top