अराजकता निम्त्याउनेहरु बाहिरिएपछि पार्टी अनुशासित पार्टी बन्यो : प्रधानमन्त्री
प्रकाशित:
२०७७, १६ माघ

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः नेकपा अनुशासित पार्टी भएको दोहोर्याएका छन् । बिहीबार प्रचण्ड–माधव समूहलाई कटाक्ष गर्दै पिलो निचोरिएपछि आनन्द भएको बताएका प्रधानमन्त्री ओलीले शुक्रबार आफू नेतृत्वको नेकपा अनुशासित भएको बताएका हुन् ।
शुक्रबार काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको पार्टी अनुशासित भएको बताए । उनले नेकपा स्पष्ट दृष्टिकोणका साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको दावी गर्दै भने, ‘बल्ल पार्टी अनुशासित भएको छ । अब नेकपाले देशलाई गलत बाटोमा जान दिने छैन । उनले आफ्नो नेतृत्वको नेकपा विजय यात्रामा अघि बढेको समेत दावी गरे ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त