ओलीको कदमले मुलुक गृहयुद्धतिर धकेलिँदैछ : नेता भट्टराई
अखबार टुडे
प्रकाशित:
२०७७, १६ माघ

विराटनगर, १६ माघ । नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् । शुक्रबार विराटनगरमा प्रतिनिधिसभा विघटको विरोधमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले भने, ‘आज केपी ओलीको कदमले मुलुकलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजिँदैछ ।’ उनले नेपालले कुनै गृहयुद्ध वा द्वन्द्व नसहने भन्दै शान्ति र अग्रगमनका लागि ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प नरहेको बताए । उनले ओलीले घुडा टेक्ने दिन धेरै टाढा नरहेको समेत दावी गरे ।

प्रतिक्रिया