हलिउड फिल्ममा देखिँदै अञ्जली
अखबार टुडे
प्रकाशित:
२०७७, १५ माघ

काठमाडौं, १५ माघ । नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामा अब हलिउड चलचित्रमा देखिँदैछिन् । उनले ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेकी बताइएको छ ।
समाचारमा उल्लेख गरेअनुसार अञ्जलीले चलचित्रमा बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्ने भएकी छन् । यो चलचित्रलाई लिना यादवले निर्देशन गदैछिन् ।
चलचित्रमा कमेडी, एनिमेशन पनि समावेश गरिनेछ । नेपालकी ट्रान्सजेन्डर अञ्जली लामाले ‘ल्याक्मे फेसन शो’मा समेत सहभागीता जनाइसकेकी छन् । यो एक एन्थोलजी चलचित्र हो । जसको नाम ‘वुमेन्स स्टोरिज’ राखिएको छ । यस चलचित्रलाई विभिन्न ४ भागमा विभाजित गरेर निर्माण गरिने डेडलाइनले उल्लेख गरेको छ ।


जसमा कारा डेलेविन्ज, इवा लोन्गारिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ । लर्वोलिनो इन्टरटेन्मेन्टको सह–निर्माण तथा वि डू इज टूगेदरको निर्माणमा बन्न लागेको यो चलचित्रले महिलाको फरक–फरक जीवनको कथालाई प्रस्तुत गर्नेछ । समाचारमा बताइएअनुसार चलचित्रमा विश्वका विभिन्न देशका ६ जना महिला निर्देशकहरुले निर्देशन गरेका कथालाई प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया