बढ्दै भ्रष्टाचार : ‘भ्रष्टाचार गर्ने मुलुकमा ११७औँ नम्बरमा नेपाल’
अखबार टुडे
प्रकाशित:
२०७७, १५ माघ

काठमाडौं, १५ माघ । नेपालमा झनै भ्रष्टाचार बढ्दै गएको एक प्रतिवेदनले देखाएको छ । बिहीबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस वर्ष ४ अंकले भ्रष्टाचार बढेको हो ।
ट्रान्सपरेन्सीले यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा ११७औँ नम्बरमा परेको छ । गत वर्षको नेपाल भ्रष्टाचार गर्ने ११३औँ स्थानमा थियो ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले बिहीबार पत्रकार सम्मेलन गरी डेनमार्क र न्युजील्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको जानकारी दिएको छ । सर्वेक्षणमा कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले ८८ अंक प्राप्त गरेका छन् । नेपालले भने ३३ अंक मात्रै पाएको छ ।
ट्रान्सपरेन्सीको सर्वेक्षणअनुसार साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् । उनीहरुले एक सय मा १२ अंक मात्र प्राप्त गरेका छन् ।
सन् २०२० मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारी माथी कारवाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै रहेको सन्देश दिएको छ,’ ट्रान्सपरेन्सीले भनेको छ ।
विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको हो । रिपोर्टमा भ्रष्टाचारका कारण कोभिड–१९ महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको उल्लेख छ ।
सीपीआई २०२० मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंक प्राप्त गरी २४औँं स्थानमा, मालदिभ्स ४३ अंक प्राप्त गरी ७५ औं स्थानमा, भारत ४० अंक प्राप्त गरी ८६औँ स्थानमा, श्रीलंका ३८ अंक प्राप्त गरी ९ औँ स्थानमा, पाकिस्तान ३१ अंक प्राप्त गरी १२४औँ, बंगलादेश २६ अंक प्राप्त गरी १४६आँै स्थानमा छ भने अफगानिस्तान १६५औँ र चीन ४२ अंक प्राप्त गरी ७८औँ स्थानमा छ ।

प्रतिक्रिया