प्रचण्ड–माधव चुनावसम्ममा बरफ पग्लिए जसरी पग्लिएर सकिन्छन् : प्रधानमन्त्री ओली
अखबार टुडे
प्रकाशित:
२०७७, १४ माघ


काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेकपा प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको भन्दै उनले जनताले उक्त समूहलाई कहिल्यै माफ नगर्ने बताए । आगामी वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव समूह बरफ पग्लिए जसरी पग्लिएर सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
आधिकारिक पार्टी आफूहरुको भएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले अघि बढाउने बताए ।
विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए ।

प्रतिक्रिया