कोभिडविरुद्धको खोप अभियान : पहिलो दिन ९ हजार ८४ जनाले लगाए
अखबार टुडे
प्रकाशित:
२०७७, १४ माघ


काठमाडौं, १४ माघ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पहिलो दिन बुधबार ९ हजार ८४ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साँझ ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् । जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, वाग्मतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप प्राप्त गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली खोप अभियानको भचुअल शुभारम्भ गरेका थिए ।
मन्त्रालयले खोप अभियानको पहिलो दिनमा खोप लगाउने सबै व्यक्ति तथा सेवा प्रदायकहरुको स्वतस्फूत र उल्लेख्य सहभागिताका लागि धन्यवाद दिएको छ ।

प्रतिक्रिया