रमेशराजले ल्याए ‘एक्लो छु म आज’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, १४ माघ

काठमाडौं, १४ माघ । गायक रमेशराज लिम्बूको नयाँ भिडियो सार्वजनिक भएको छ । हालै सार्वजनिक ‘एक्लो छु म आज’ बोल गीतमा रमेशराजकै संगीत र ऋतुराज लिम्बूको संगीत संयोजन रहेको छ ।

भावना श्रेष्ठले निर्देशन गरेको भिडियोमा विजय रोका र सिवा राईले अभिनय गरेका छन् । यो गीतको भिडियो रमेशराज लिम्बूकै अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक रमेशराज र ऋतुराज दाजुभाई हुन् । उनीहरुले लामो समयदेखि मोफसलमा बसेर नेपाली गीतसंगीत क्षेत्रमा संघर्ष गर्दै आएका छन् । नेपालीका अलावा लिम्बू भाषाका गीतसंगीतमा समेत यी गायक दाजुभाईको सक्रियता रहँदै आएको छ ।
हालै सावैजनिक भएको ‘एक्लो छु म आज’मा कोरियोग्राफी पनि रमेशराजले नै गरेका छन् । यस भिडियोलाई मेकबहादुर थापाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया