प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलामा धर्ना
अखबार टुडे
प्रकाशित:
२०७७, १४ माघ

काठमाडौं, १४ माघ । प्रतिनिधिसभा विघटनको चरणबद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–माधव समूहले माइतीघर मण्डलामा बुधबार धर्ना दिएको छ । यो समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरुले प्रतिनिधसभा विघटनको विरोधमा धर्ना दिएका हुन् ।
असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन दबाव दिने उद्देश्यले नेतृ पम्फा भुसालले बताएकी छन् । जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने अवस्था आएको नेता हरिबोल गजुरेलको भनाइ छ । संसद विघटनको विरोधमा शनिबारबाहेक ११ माघसम्म प्रत्येक दिन २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको सो समूहले जनाएको छ । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया