म धैर्यता गुमाउँदिनँ : सुस्मिता
न्युज डेस्क
प्रकाशित:
२०७७, १३ माघ

सुस्मिता श्रेष्ठ चलचित्र क्षेत्रमा उदयमान नायिका हुन् । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनको व्यस्तता बढ्दै गएको छ । सन् २०१७ मा मिस कोशी भएर चर्चामा आएपछि उनले चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । उनले हालसम्म चारवटा नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले हालैमात्र चलचित्र ‘झन्डीबुर्जा’को सुटिङ सकेर बसेकी छन् । यिनै मोडल तथा अभिनेत्री श्रेष्ठसँग कुराकानी :

कोरोना महामारीका बेलामा के गर्नुभयो ?
त्यो बेला चारतर्फी बन्द थियो । बाहिर जाने कुरै भएन । घरमै सुरक्षित तरिकाले बसेँ । अभिनयबारे अध्ययन गरेँ । सामाजिक सञ्जालमा अझ अभ्यस्त हुन सक्रिय भएँ । त्यतिकै समय खेर फालिनँ ।
अहिले के गर्दै हुनुहुन्छ ?
अहिले नयाँ मुभीको सुटिङका लागि तयारी गर्दैछु । भर्खरमात्र एउटा मुभीको सुटिङ सक्याएँ ।
कुन मुभी ?
‘झन्डी बुर्जा’ । उक्त चलचित्रमा मेरो मुख्य भूमिका रहेको छ ।
त्यो मुभी कहिले रिलिज हुन्छ ?
आगामी दशैँमा रिलिज गर्ने लक्ष्य छ । सुटिङ सकिएको एक महिना भयो । अब गीतको मात्र सुटिङ बाँकी छ ।
अहिलेसम्म कति वटा मुभीमा अभिनय गर्नुभयो ?
चार वटामा मुभीमामा अभिनय गरेकी छु । तीनवटा रिलिज भइसकेको छ । एउटा रिलिज हुने क्रममा छ ।
फिल्म क्षेत्र कस्तो लागिरहेको छ ?
हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने नै हुन्छ । संघर्ष गरिरहेकी छु । आफूले रोजेको क्षेत्र र पेसा भएकाले रमाइलो भइरहेको छ ।
सुन्दर हुनुहुन्छ, प्रेम प्रस्ताव कत्तिको आउँछ ?
म एउटी केटी मान्छे हुँ । एक जवान केटी मान्छेलाई प्रेम प्रस्ताव आउनु सामान्य हो । मलाई पनि आउँछ ।
ब्याइफ्रेन्ड बनाउनु भएको छ कि छैन ?
अहिलेसम्म बनाएकी छैन । सिंगल नै छु । समय र परिस्थितिले एक दिन अवश्य जुराउला नि ।
आई लभ यू कति जनाले भने ?
त्यो गन्ती नै छैन । धेरैले भनेका छन् । गनेर राख्न मिलेन क्यारे ।
दैनिक प्रेम प्रस्ताव आउँछ कि कहिलेकाहीं ?
सामाजिक सञ्जाल फेसबुकमा पनि सक्रिय छु । त्यसैले फेसबुक र इन्स्टाग्राममा दिनका दिन आउँछ ।
तपाइँ के उत्तर दिनुहुन्छ ?
के भन्नु र ? धन्यवाद भन्छु । अरु धेरै कुरा गर्दिनँ ।
केटा साथी छ कि छैन ?
केटा साथीहरु त भइहाल्छन् नि । तर, केटा साथी बनाउँदैमा प्रेमीचाहिँ बनाएको छैन ।
अब केटा साथी बनाउने कि न बनाउने ?
त्यो बेला भएपछि आफै हुन्छ । अहिले त करिअरमा पो ध्यान दिने समय हो । संघर्ष गर्दैछु । यसै क्षेत्रमा करिअर बनाउने सोच छ । त्यसैले सिक्दैछु ।
विवाह गर्ने चाहना छैन ?
छ नि । तर, समय भएको छैन । विवाह त भगवानले जुराएका हुन्छन् रे ।
नायिका भएकाले ढिलो विवाह गर्ने सोच बनाएको हो ?
चाँडो विवाह गर्नेहरु पनि हुनुहुन्छ । तर, अहिले समय परिवर्तन भइसक्यो । पहिला करियर हेर्नुप¥यो । लाइफ हेर्नुप¥यो । दर्शकलाई राम्रो खालका मुभीहरु हेर्ने अवसर दिनुपर्छ । त्यसपछि विवाह गरौँला नि ।
फिल्म खेलेकै भरमा बाँच्न पुग्छ ?
अहिलेसम्म त पुगिराखेको छ । मिहेनत गरेपछि पुगिहाल्छ नि । हरेक काममा मिहिनेत र धैर्यता चाहिन्छ । सफल भइन्छ ।
कलाकारिता क्षेत्रमा अगाडि बढ्न ब्याकअप चाहिन्छ भन्छन् नि ?
मलाई ‘ब्याकअप’मा भर लाग्दैन । आफूमा क्षमता चाहिन्छ । अरुको साथ र सहयोग पनि आवश्यक पर्छ ।
परिवारबाट कत्तिको सहयोग पाउनु भएको छ ?
यो क्षेत्रमा मेरो परिवारको साथ छ । परिवारकै हौसला र प्रेरणाले यहाँसम्म आइपुगेकी हुँ ।
सफल हुन्छुजस्तो लाग्छ ?
ममा त्यो आत्मबल छ । कहिले धैर्यता गुमाउँदिनँ । एक दिन अवश्य शिखरमा पुग्नेछु । काम छाड्दिनँ ।
गल्यामरस क्षेत्रमा लाग्नेहरु तनावमा पर्ने र आत्महत्याको बाटो रोज्नेसम्म भइराखेका छन् नि ?
तनाव त हरेक क्षेत्रमा लाग्नेहरुलाई हुनसक्छ । त्यो आफूमा भर पर्ने विषय हो । अरु क्षेत्रको घटना बाहिर आउँदैन । ग्ल्यामरस क्षेत्रको आइहाल्छ । तर, तनावमुक्त हुनुपर्छ ।
तनावमुक्त हुन के गर्नुहुन्छ ?
म व्यस्त रहन चाहन्छु । काममा दत्तचित्त भइरहन्छु । काम र कर्तव्यप्रति लगाव राख्छु । म कामलाई पूजा गर्छु । (दृष्टिबाट)

प्रतिक्रिया