भारतमा किसान आन्दोलन : गणतन्त्र दिवसमा ट्याक्टर र्याली
अखबार टुडे
प्रकाशित:
२०७७, १३ माघ

नयाँदिल्ली, १३ माघ (एजेन्सी) । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषिसम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले गणतन्त्र दिवसको दिन मंगलबार प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् ।
राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो । गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न लागेकाले किसानहरुको ट्याक्टर र्यालीमा हस्तक्षेप गर्नु परेको सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।
भारतमा किसानहरुको आन्दोलन लामो समयदेखि चलिरहेको छ भने वार्ता पनि पटक पटक भएका छन् । तर वार्तामा सहमति नभएकाले आन्दोलनले निरन्तरता पाइरहेको छ । किसान आन्दोलन पछिल्लो समय केन्द्रीय राजधानी नयाँदिल्ली केन्द्रित भएको छ । भारतले मंगलबार ७२औँ गणतन्त्र दिवश मनाएको छ ।

प्रतिक्रिया