प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
अखबार टुडे
प्रकाशित:
२०७७, १३ माघ

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । मंगलबार अधिवक्ता कञ्चनकृष्ण न्यौपानले र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद् विघटनविरुद्धको मुद्दामा बहस गर्न जाँदा प्रधानमन्त्री ओलीले गरेको टिप्पणीप्रति रिटमा आपत्ति जनाइएको छ । यही ९ माघमा काठमाडौंको बबरमहलस्थिगत कार्की ब्यांक्वेटको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै ‘बाजे वकिल’लाई सर्वोच्च लगेर ‘तमासा’ देखाएको टिप्पणी गरेका थिए । उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै अधिवक्ताद्वयले मंगलबार रिट दायर गरेका हुन् ।
अधिवक्ता न्यौपानेले वरिष्ठ अधिवक्ता र अधिवक्तालाई अमर्यादित भाषामा गाली गरेकाले अपहेलना मुद्दा दर्ता गरेको जनाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन मुद्दाको बहसमा सहभागी वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई अमर्यादित भाषामा गाली गरेकाले अपहेलना मुद्दा दर्ता गरेको बनाएका छन् ।

प्रतिक्रिया