निर्णयलाई ‘वल्ड बुक अफ रेकर्डस्’द्वारा सम्मान
अखबार टुडे
प्रकाशित:
२०७७, १३ माघ

काठमाडौं, १३ माघ । विश्वव्यापी रुपमा रेकर्डहरुको मूल्याँकन र प्रमाणिकरण गर्ने संस्था वल्ड बुक अफ रेकर्डसले चर्चित हिपहप कलाकार निर्णय श्रेष्ठ एनएसकेलाई सम्मान गरेको छ । सांगीतिक क्षेत्रसँगै विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएका उनलाई Exclusive Honour को प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।
करिब तीन दशकयता साँगीतिक क्षेत्रमा निरन्तर तल्लिन निर्णय हिपहप संगीतका पर्यायवाची मानिन्छन् । नेपालको पहिलो र चर्चित हिपहप कार्यक्रम Bring Da’ House Down with NSK इमेज कार्यक्रम ९७.९ को २२औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर एवं वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्यापटरका अध्यक्ष सागर कटवालद्वारा निर्णयलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो । ‘वल्र्ड बुक अफ रेकर्डस’द्वारा सम्मानीत निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले बधाइ दिएका छन् ।

प्रतिक्रिया