नेपाल खबर

‘कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन हुँदै’

काठमाडौं, १३ माघ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बन्दै गएको कुटनितिक बिज्ञहरुले बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजित कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौति र अवसरहरु बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै पूर्वउपराष्ट्रिपति परमानन्द झाले दुबै कोरियाका नागरिकहरुले समान संस्कार र संस्कृति अंगालेका बताए । उनले दुबै देशले युद्धको सामना गरेको बताउँदै कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलन भए बिश्वमा सकारात्मक सन्देश जाने बताए । उनले यस्तो प्रकारको कार्यक्रममार्फत दुबै देशलाई शान्तिपूर्ण एकिकरण गर्न सहजता प्रदान गरेकोमा युपीएलाई धन्यबाद दिए ।
नेपालका लागि प्रान्सका लागि पूर्वनेपाली राजदुत मोहनकृष्ण श्रेष्ठले कोरियाली प्रायदिपको मिलनको लागि २०१८ मा भएको ओलम्पिक खेलले महत्पूर्ण भूमिका निर्बाह गरेको बताउँदै अहिले दुबै देशले एकिकरणको अभियान शुरु गरेको बताए । दुबै देशका राष्ट्रप्रमुखहरुले २०१८ भेटेर सम्बादहिनताको बाटोलाई तोडेको उनको भनाई थियो । उनले दुबै देशले एक अर्कालाई बिश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अमेरिकाका लागि पूर्वराजदुत डा. शंकर शर्माले पहिले दुबै देशलाई द्धन्द्धले टुक्राएको बताउँदै शान्तिपूर्ण पूनमिलन बाहेक अर्को बिकल्प नभएको बताए । दुबै देशको प्रतिब्यत्ति आएमा ठूलो अन्तर रहेको बताउँदै दुबैमिले आर्थिक उन्नतीमा बिश्वको दोस्रो राष्ट्र हुने सम्भावना आफूले देखेको बताए ।
कार्यक्रममा स्टडी फोरम फर सेल्फ रिलायन्स नेपालका अध्यक्ष सुभाष काजी श्रेष्ठले पछिल्लो समय दुबै कोरियाबीच सामाजिक सांस्कृतिक सम्बन्धहरुको बिकास भएको बताउँदै दुबै देशका राष्ट्रप्रमुखले २०१८मा भेटेर एकिकरण हुन सक्ने आशा पलाएको बताए । अमेरिकी तत्कालीन राष्ट्रपति ट्रम्प र उतरकोरियाली सर्बोच्च नेता किमको भेटले पनि शान्ति प्रतिको राम्रो सन्देश गएको बताए । उनले कोरिया एकिकरणको अभियान बिस्तारै सम्भव हुने बताए ।
युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण बिस्तारै सम्भव बन्दै जाने बताए । अध्यक्ष ढकालले दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रममार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए ।

Click to comment
To Top