कोरोनाभाइरस खोपः नयाँ प्रकारविरुद्ध मोडेर्नाको खोपले काम गर्ने
अखबार टुडे
प्रकाशित:
२०७७, १३ माघ

काठमाडौं, १३ माघ । अमेरिकी औषधी उत्पादक मोडेर्नाका वैज्ञानिकहरूले आफ्नो कोभिड खोप पछिल्लो समय देखापरेको नयाँ र धेरै संक्रामक कोरोनाभाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको जनाएका छन् ।
उक्त कम्पनीको प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको छ । थप अध्ययनहरू भने सो खोप लगाएका मानिसहरूमै जाँचमार्फत् गर्नुपर्ने बताइएको खबर बिबिसीले प्रकाशित गरेको छ ।
दक्षिण अफ्रिकामा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकारका लागि उसले दोस्रो बुस्टर थप गर्ने जनाएको छ ।
सुरुमा यूके र दक्षिण अफ्रिकामा देखापरेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको चाहीँ पहिलेको भन्दा केही घातक हुने प्रारम्भिक अध्ययनहरूमा देखिएको छ । कोभिडका यी नयाँ प्रकार द्रूत गतिमा कैयौँ देशमा फैलिसकेका छन् ।

भाइरसमा यतिखेर देखा परेका विभिन्न बदलाव वा स्वरूप परिवर्तनले मानव कोशिकालाई महामारीको सुरुवाती समयमा भन्दा बढ्ता संक्रमित पार्नसक्ने देखिएको छ । सेप्टेम्बर महिनामा यूकेबाट फैलिएको उक्त नयाँ प्रकार ७० प्रतिसतसम्म थप संक्रमक पाइएको विज्ञहरू बताउँछन् । यतिखेर तयार रहेका खोपहरू भाइरसको सुरुवाती प्रकारका बेला तयार पारिएका हुन् । तर वैज्ञानिहरूले त्यसले नयाँ प्रकारको भाइरसलाई समेत काम गर्ने विश्वास गरे तापनि उत्तिकै क्षमतामा गर्छरगर्दैन भन्ने थाहा हुन बाँकी छ ।
सुरुवाती नतिजाका आधारमा फाइजरको खोपले नयाँ यूके भेरियन्टबाट जोगाउने देखाएको छ । मोडेर्नाको अध्ययनका लागि अनुसन्धानकर्ताहरूले उसको खोपका दुवै खेप लगाइसकेका आठजना मानिसहरूबाट लिइएको रगतको नमूनालाई जाँचेका थिए । उनीहरूको निष्कर्षको वैज्ञानिक जगतमा समीक्षा हुन बाँकी रहे तापनि त्यो नयाँ प्रकारको भाइरससँग प्रतिरोधी रहेको देखिएको हो ।
शरीरको प्रतिरोधी प्रणालीले तयार पार्ने भाइरसलाई निस्क्रिय पार्ने तत्वका कारण भाइरसहरू मानव कोशिकामा प्रवेश गर्न पाउँदैनन् । नयाँ प्रकारको सम्पर्कमा आएका रगतका नमूनामा भाइरसलाई निस्क्रिय पार्ने पर्याप्त एन्टीबडी देखा परेको हो । तर त्यो दक्षिण अफ्रिकाबाट देखा परेको प्रकारका हकमा भने यूके(प्रकारजत्तिको बलियो पाइएको थिएन । मोडेर्नाले भनेको छ, ‘त्यसको अर्थ दक्षिण अफ्रिका(भेरियन्टका हकमा भने भाइरसबाट बचाउने क्षमता छिट्टै हराउन सक्छ ।’ तेस्रो खेप बुस्टर खोप दिनु कत्तिको लाभदायक छ भन्ने यतिखेर मोडेर्नाले जाँचिरहेको छ ।
(बिबिसीका स्वास्थ्य अनलाइन सम्पादक मिचे रोबर्टस्ले तयार पारेको यो रिपोर्ट यहाँ साभार गरिएको छ)

प्रतिक्रिया