प्रचण्ड-माधव समूहको तेस्रो चरणको आन्दोलन घोषणा (यस्तो छ सुचि)
अखबार टुडे
प्रकाशित:
२०७७, १२ माघ

काठमाडौं, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित सहिदलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा ¥याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शनलगायत छन् ।
यसैगरी तेस्रो चरणको संघर्षका कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल पक्षले माघ १५ मा बुटवलमा, माघ १६ मा विराटनगरमा, १७ मा धनगढीमा विरोध प्रदर्शन तथा सभा गर्ने भएको छ ।
यसअघि सो समूहले संसद विघटनविरुद्ध काठमाडौंमा वृहत शक्ति प्रदर्शन गरेको थियो ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेपाल दुई समूहमा विभाजन भएको छ । एक समूहको नेतृत्व प्रचण्ड–नेपालले लिएका छन् भने अर्को समूहको प्रधानमन्त्री केपी ओलीले लिएका छन् ।

प्रतिक्रिया