आतंकवादी हमलाको हल्लापछि नयाँदिल्लीमा सुरक्षा अर्लट
अखबार टुडे
प्रकाशित:
२०७७, ११ माघ

नयाँदिल्ली, ११ माघ (एजेन्सी) । भारतको राजधानी नयाँदिल्लीमा आतंकवादी आक्रमणको सुचना पाएपछि सुरक्षा सतर्कता बढाइएको छ । आतंकवादी समूहले दिल्ली, अयोध्या र बोधगयामा मंगलबार आक्रमण गर्ने तयारी गरेको सूचना पाएसँगै सुरक्षा सतर्कता बढाइएको हो ।
रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ । देशका धेरैवटा उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरेको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई अलर्टमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आतंकवादीले जारी किसान आन्दोलनको आडमा दिल्लीसहित देशका कुनै पनि स्थानमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ । यसैवीच आतंकवादी आक्रमणको सूचनाका आधारमा दिल्लीबाट आठ रोहिंग्यालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया