बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ
प्रकाशित:
२०७७, ११ माघ

मन्थली, ११ माघ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरतबहादुर बोहरालाई पक्राउ गरेको हो ।
बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए । रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर ल्याइएको छ ।
बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमीस्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । मदिरा सेवन गरेर बलात्कारको उजुरी परेपछि प्रहरी पीडितको डेरामा पुगेको थियो । रक्सीले मातेर उनले बलात्कार गरेको पीडितको दावी छ । अदालतबाट म्याद लिएर बोहरामाथि अनुसन्धान गरिने डिएसपी कँडेलले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त