नेपाल खबर

पूर्वजनमुक्ति सेनालाई प्रधानमन्त्रीको आश्वासन, ‘अब विगतमा जस्तो धोका पाउनुहुने छैन’

काठमाडौं, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताएका छन् । शनिबार पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग आफ्नो निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले विगतमा जस्तो उनीहरुलाई धोका नदिइने स्पष्ट पारे ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान गर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग ग¥यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैँ । अब विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top