आइतबार लगनगाँठो कस्दै मुख्यमन्त्री राई (यस्तो छ विवाहको तयारी)
अखबार टुडे
प्रकाशित:
२०७७, १० माघ

काठमाडौं, १० माघ । प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आइतबार विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राई आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् । यो नक्सालस्थित प्रहरी मुख्यालय पछाडि पर्छ ।


विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी र केही कुटनीतिज्ञहरुलाई मात्र निमन्त्रणा गरिएको छ । विवाह समारोहमा सहभागीका लागि आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको छ । मुख्यमन्त्री विवाह समारोहको तयारी गर्नका लागि काठमाडौं आइसकेको स्रोतले बताएको छ । विवाह समारोका लागि सम्पूर्ण तयारी भइसकेको छ । मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सयको हाराकारीलाई मात्र निम्तो बाँडिएको बताइएको छ । त्यसमध्ये केही पत्रकारसमेत परेका छन् ।
भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ ।

प्रतिक्रिया