कोरोना संक्रमित जोडीको अस्पतालमै विवाह
अखबार टुडे
प्रकाशित:
२०७७, १० माघ

काठमाडौं, १० माघ । कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमित भइ अस्पताल पु¥याइएका एक जोडीले भेन्टिलेटरमा राखिनुअघि विवाह गरेका छन् । बिबिसीले जनाएअनुसार ३१ वर्षकी एलिजाबेथ कर र ३६ वर्षका साइमन ओ ब्रायनको श्वासप्रश्वासमा समस्या देखिएसँगै ९ जनवरीमा यूकेस्थित मिल्टन किन्स युनिभर्सिटी अस्पताल पु¥याइएको थियो । अस्पताल भर्ना गरिएका पुरुषको अवस्था बिग्रँदै गएपछि त्यहाँका कर्मचारीहरूले विवाहको प्रबन्ध मिलाएका थिए ।
वैवाहिक कार्यक्रम सम्पन्न नहुँदासम्म उनीहरूले ओ ब्रायनलाई एउटा ट्युबबाट सास फेर्न सहज पारिदिएका थिए । उक्त दम्पती हाल निको हुनेक्रममा छ । पेसाले नर्स कर र ओ ब्रायनले आगामी जुन महिनामा विवाह गर्ने योजना बनाएका थिए । तर, उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएसँगै अक्सिजनको तह निकै कम पुगेपछि अस्पताल दौडाइएको थियो ।
अस्पतालका कर्मचारीहरूले विवाहका लागि आवश्यक अनुमति लिने प्रयास गरिरहेका बेला ओ ब्रायनको अवस्था थप बिग्रियो र १२ जनवरीमा उनलाई भेन्टिलेटरमा राख्नको लागि आईसीयूमा लगियो । ‘हामी सबै मिलेर उनीहरूको विवाह गरायौँ । उनीहरूले चाहेजस्तो विवाह यो नहुन सक्छ तर पक्कै पनि यो केही हदसम्म सकारात्मक, असाधारण अनि स्मरणीय हुन सक्छ’ क्याननले भनेको कुरा बिबिसीले उल्लेख गरेको छ । हाल उक्त दम्पती एउटै वार्डमा छन् । र, विवाह भएपछि पहिलोपटक चुम्बन गर्न सफल भएको छ ।

प्रतिक्रिया