भिडियोमा कुसुम बुटिक : ‘सुनुँ सुनुँ लाग्ने’ गीतमा ‘हेरुँ हेरुँ लाग्ने’ पहिरन (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, १० माघ

काठमाडौं, १० माघ । पछिल्लो समय नेपाली सेलिबे्रटी तथा कलाकारका लागि चर्चित ‘कुसुम द बुटिक’ एक म्युजिक भिडियोमा देखाइएको छ । केही दिनअघि सार्वजनिक भएको गायक जगदिश समालको ‘सधैँ सुनुँ सुनुँ लाग्ने’ बोल गीतको भिडियोमा कुसुम बुटिकको प्रमोशनल दृश्य राखिएको छ । भिडियोमा चर्चित अभिनेता दयाहाङ राई र रंगकर्मी तथा मोडल उषा रजकले अभिनय गरेका छन् ।

लामो अन्तरालपछि चर्चित गजल गायक जगदिश समालले आफ्नो फ्रेस भिडियो ल्याएका हुन् । निकेश खड्काले निर्देशन गरेको यस भिडियोमा दयाहाङ र उषा रजक ‘कुसुम द बुटिक’की सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठले डिजाइन गरेका आर्कषक पहिरनमा देखिएका छन् ।
‘सधैँ सुनुँ सुनुँ लाग्ने’ यस बोल गीतको भिडियोमा दयाहाङ र उषा कुसुमले तयार गरेको पहिरनमा ‘सधैँ हुरुँ हेरुँ लाग्ने’ देखिएका छन् । गजल शैलीको यस गीतको भिडियोमा दयाहाङ र उषा प्रेमिल जोडीका रुपमा देखिएका छन् ।
भिडियोमा कुसुम बुटिकको दुईटा सिक्वेन्स इन्ट्रि गरिएको छ । दयाहाङले उषालाई कुसुम बुटिकको पहिरन उपहार दिएको देखाइएको छ भने अर्को दयाहाङमार्फत बुटिकको प्रमोशनल सिक्वेन्स ‘कुसुम द बुटिक’को लोगोसहितको ब्यागको दृश्य कैद गरिएको छ ।
डिल्लीबजारको पिपलबोटनजिक रहेको यो बुटिक छोटो समयमै सेलिब्रेटी तथा कलाकारमाझ प्रिय बनेको हो । पछिल्लो केही समययता अधिकांश कलाकार यही बुटिकको पहिरन चाहन्छन् । म्युजिक भिडियो र फिल्महरुमा समेत कुसुम बुटिकको पहिरन रोजाइ बनेको छ ।
कुसुम बुटिक विषेशगरी क्याजुअलका अलावा फर्मल पहिरनका लागि चर्चित बन्दै गएको छ । डिजाइनिङ सारीदेखि लिएर लेहेँगा, गाउन, ब्राइडल सारीका लागि कुसुम बुटिक लोकप्रिय बन्दै गएको छ ।
बुुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठ भन्छिन्, ‘हिजोआज म्युजिक भिडियो, फोटोसुट र फिल्मका लागि पहिरन तयार गर्न भ्याइनभ्याई छु ।’ उनले ब्राइडल सारी र लेहेँगाका लागि समेत अर्डरहरु आइरहेको बताइन् । करिब दुई वर्षअघि सञ्चालनमा आएको यो बुटिकको पहिरनमा अधिकांश नेपाली कलाकारले भिडियो तथा फोटोसुट गरिसकेका छन् ।

प्रतिक्रिया