नेपाल खबर

‘मुंगेरीलालके हँसिन सपने’ युट्युबमा खोजेर हेर्न प्रचण्ड- माधव समूहलाई प्रधानमन्त्री ओलीको सुझाव

फाइल तस्बिर

काठमाडौं, ९ माघ । नेकपा ओली पक्ष पनि आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ । ओली पक्षको नेकपाले यही २३ माघमा काठमाडौंमा आमसभा गर्दैछ । नेकपा प्रचण्ड–नेपाल समूहले शक्ति प्रर्दशन गरेकै दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव समूहलाई वास्तविक शक्ति प्रदर्शन देखाउने बताउँदै २३ माघमा आमसभा गर्ने जनाएको हो ।
काठमाडौंको बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ, २३ गते देखाउँछौँ ।’ उनले प्रचण्ड–नेपालको जनप्रदर्शनलाई लक्ष्ँित गर्दै भने, ‘उहाँहरूको सभामा हामीभन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’ प्रधानमन्त्री ओलीले प्रचण्ड– माधव समूहलाई हिन्दी फिल्मको पात्र मुंगेरीलालसँग तुलना गर्दै गरे । प्रधानमन्त्रीले दुई नेताले आफ्नो र परिवारबाहेक अरुको बारेमा कहिल्यै नसोचेको आरोपसमेत लगाए ।
प्रधानमन्त्री ओलीले कार्यकर्तालाई ‘मुंगेरीलालके हँसिन सपने’ नामको पूरानो हिन्दी फिल्म युट्युवमा खोजेर हेर्न र प्रचण्ड माधवसँग तुलना गर्नसमेत सुझाव दिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top