नेकपा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन : प्रधानमन्त्री ओलीलाई सडकबाटै परास्त गर्ने उद्घोष
अखबार टुडे
प्रकाशित:
२०७७, ९ माघ

काठमाडौं, ९ माघ । नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम सडकबाटै परास्त गरेरै छाड्ने उद्घोष गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । सोक्रममा नेकपा प्रचण्ड–माधव समूहले यस्तो उद्घोष गरेको हो ।


नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भए सम्पूर्ण उपलब्धि संकटमा पर्ने समेत बताए । विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीयता नै विघटन गर्न खोजेका छन् । खबरदार त्यस्ता कदमलाई यो जनसागरले पराजित गर्नेछ ।’ प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रकेका कारण ०६२/०६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले त्यसको विरोध गरिरहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

दोस्रो चरणको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले शुक्रबार उपत्यकाका विभिन्न नौ स्थानबाट हजारौँको संख्यामा आफ्ना नेता कार्यकर्ता भेला गरेर काठमाडौँको भृकुटीमण्डपमा विशाल सभा गरेको हो । सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता घनश्याम भुषालले जनताको बलमा ओलीको प्रतिगामी कदम परास्त गरेरै छाड्ने दाबी गरे । उनीहरुले केपी ओलीको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदबिरुद्धको प्रहारबाट जोगाउन संघर्षको विकल्प नभएको बताए ।
सम्बोधनका क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामात्र नभइ यो संविधान र शान्ति प्रक्रियालाई नै विघटन गर्न खोजेको भन्दै उनको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्दा देश बर्बादीतर्फ जाने भएकाले जनतामा जानुको विकल्प नभएको बताए ।

?

यस्तै, अर्का अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई ‘महानरसंहारकारी’को संज्ञा समेत दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सभालाई सम्बोधन गर्दै भने, ‘घरमा झगडा भयो घरमै आलो लगाइदिने, पार्टीमा समस्या भयो पार्टी नै सिध्याइदिने, प्रतिनिधिसभामा अप्ठ्यारो भयो प्रतिनिधिसभा नै सिध्याइदिने, उहाँ नरसंहारकारी मात्र होइन महानरसंहारकारी हो ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको गरेका समेत आरोप लगाए । अध्यक्ष नेपालले भने, ‘ओलीको कदम असंवैधानिक हो । अझ भनौँ, संवैधानिक ‘कू’ नै हो । उनले प्रतिनिधिसभा विघटन गरेर ओली हिटलरको बाटोमा हिँडेको समेत आरोप लगाए । ओलीको तानाशाह र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्न ुपरिरहेको भन्दै ओलीको तानाशाही कदम नेपाली जनताले परास्त गरेरै छाड्ने उनको भनाइ छ । अध्यक्ष नेपालले ओलीसँग आफ्नो नेतृत्वको नेकपा कुनै हालतमा नझुक्ने बताउँदै अहिलेसम्मको विरोध प्रदर्शन कास्टिङमात्रै भएको बताए ।
यस्तै, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भगौडाको आरोप लगाए । विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले ओलीले पार्टी छोडेर भागेकाले ओली भागौडा रहेको बताए । ‘सबै कम्युनिष्ट पार्टी मिलेर बनेको पार्टी छोडेर जानुपर्ने कुनै कारण भएपनि पार्टी छोडेर जानु कम्युनिष्ट आन्दोलनबाट भाग्नु हो’ खनालको भनाइ छ ।

प्रतिक्रिया