कोरोना विरुद्धको खोप बनाउने भारतीय कम्पनीमा आगलागी
अखबार टुडे
प्रकाशित:
२०७७, ८ माघ

पुर्णे, ८ माघ । कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’को कार्यालयमा भिषण आगलागी भएको छ । लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो ।
आगलागीबाट मानवीय क्षति नभएपनि अन्य ठूलो क्षति भएको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक भएको छ । आगो नियन्त्रणका लागि १० ओटा दमकल परिचालन गरिएको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको जनाइएको छ ।
आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ । एक अधिकारीले भने ‘आगलागीका कारण कोरोनाविरुद्धको खोप उत्पादन कार्यमा भने कुनै असर परेको छैन ।’ यो कम्पनीले उत्पादन गरेको खोप नै अहिले भारत अभियानकारूपमा लगाइराखिएको छ ।

प्रतिक्रिया