बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति : २० हजारभन्दा बढी सैनिकको घेरामा सपथ खाँदै
अखबार टुडे
प्रकाशित:
२०७७, ७ माघ

वासिंगटन डिसी, ७ माघ (एजेन्सी) । अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा आज बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । अमेरिकी समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुने हुँदैछ ।
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । यसपटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य नहुने समाचारमा उल्लेख गरिएको छ ।
यसपालिको समारोहमा १ हजारदेखि १२ सय जनासम्म मानिस सहभागी हुनेछन् । त्यो पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएको छ । अमेरिकामा सम्वभव यो नै पहिलोपटकआफ्ना राष्ट्रपतिको शपथ समारोह अमेरिकाले खतरा महसुस गरिएको हो ।
बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेर पनि सहज रूपमा स्वीकारेनन् र आफ्ना समर्थकद्वारा हालै अमेरिकी संसद् भवनमै आक्रमण समेत गराएका थिए । जसमा एक प्रहरीसहित ५ जनाको मृत्युसमेत भएको थियो । यसैकारण बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएको जनाइएको छ ।

अमेरिकाको सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डोनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन् । डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल होस् भन्ने कामना गरेका छन् ।
आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताउँदै उनले भनेका छन्, ‘हामी सधैं संसारको निम्ति आशा र गौरवको भूमि हौं र हुनुपर्छ ।’ उनले आफू जे गर्न आएको थिएँ, त्यो गरेको पनि बताए ।
एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘म बुधबार ९आज० नयाँ प्रशासनलाई सत्ता सुम्पिदै छु । तपाईंहरुले बुझ्नुहोस्, हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ ।’ ट्रम्प चार वर्षे कार्यकाल पूरा गरी आज ह्वाइटहाउसबाट विदा हुँदैछन् । अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडनले आजै सपथ ग्रहण गर्दैछन् ।
उनले छोटो सम्बोधनका क्रममा आफ्नो चार वर्षे कार्यकालका उपलब्धीबारे पनि संक्षिप्तमा चर्चा गरेका छन् । ट्रम्पले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता स्थापित गरेको दाबीसमेत गरे । सहयोगी राष्ट्रहरुलाई अभूतपूर्व ढंगले चीनको सामना गर्न सहयोग गरेको, बलियो कूटनीतिका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौता गरेको र कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएको भन्दै उनले ट्रम्पले यसमा आफूलाई गौरव महसुस भएको पनि बताए ।

प्रतिक्रिया