प्रधानमन्त्री ओलीलाई सोधिएको स्पष्टीकरण पत्रमा के छ ? (पत्रसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, ६ माघ

काठमाडौं, ६ माघ । नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कारबाही गर्ने भएकोे छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको स्पष्टिकरण पत्र सोमबार नै बालुवाटारमा बुझाइएको छ ।
नेताहरु सुरेन्द्र पाण्डेसहित बालुवाटार पुगेर बुझाएको पत्रमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हितविपरित र पार्टी विरोधी गतिविधि गरिरहनुभएकोले तपाईंलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन किन नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधिएको छ ।
पत्रमा भनिएको छ, ‘यो पत्र प्राप्त गरेको वा तपाइको निवासमा टाँस गरिएको मितिले तीन दिनभित्र स्पष्टिकरण दिनुहोला । यदि तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा तपाइँलाई थप कारवाही गरिने व्यहोरा पनि सूचित गरिन्छ ।’

प्रतिक्रिया