सोल्टी सिटी अपार्टमेन्टमा आगलागी, केही घाइते
अखबार टुडे
प्रकाशित:
२०७७, ५ माघ

काठमाडौं, ५ माघ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा सोमबार विद्युत् चुहावट हुँदा आगलागी भएको छ । महानगरीय प्रहरी परिसरका अनुसार दिउँसो २ बजे लागेको आगो करीब ३ बजे नियन्त्रणमा आएको थियो । विद्युत् चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए ।
सो क्रममा प्रहरीले २३ जनालाई उद्धार गरेको र केही घाइते रहेको जनाइएको छ । घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

प्रतिक्रिया