नेपालमा पनि नयाँ प्रजातिको कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७७, ५ माघ

काठमाडौं, ५ माघ । नेपालमा पनि ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २८ वर्षीया एक महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । सोमबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी गराएको हो । मन्त्रालयका अनुसार तीन जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जनाएको छ ।
उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । सो रिपोर्ट सोमबार नै इमेलबाट प्राप्त भएको र उनीहरुमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको जनाएको छ । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया