‘ओए प्यारी’ मन पराइयो, खुसी छु : अनिश (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, ३ माघ

काठमाडौं, ३ माघ । गीतकार अनिश घिमिरेको नयाँ गीत ‘ओए प्यारी’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर छ ।
गायिका एलिना चौहानकै युट्युवबाट सार्वजनिक भएको गीतलाई युवा संगीतकार अनिल बिरहीले संगीत दिएका छन् । ‘रुमाल चिनो छ, सुन्दर नेपाल ,चाँदनी, इलाम बजार, हाँस्य खोजेजस्ता सयौँ गीतमा संगीत भरेका अनिलको यो पछिल्लो सार्वजनिक भएको गीत हो । ‘ओए प्यारी’ बोलको गीतमा केबी भन्डारीको एरेन्ज रहेको छ ।

गीतमा एक प्रेम जोडीको प्रेमिल भाव व्यक्त गरिएको छ । पियारीलाई घरमा बस्न र आफु जन्ती लिएर आउने कुरा गीतमार्फत प्रेमिकालाई गीतमार्फत भनिएको छ ।
खोटाङका गीतकार अनिशले गीतको भावअनुसार गायक÷गायिका चुज गरिएको बताए । उनले भने, ‘गीतहरु थुप्रै लेखेको छु । तर, असाध्यै मन परेको शब्दलाई गीत रेकर्ड गरेको हो । दर्शक तथा स्रोताले मन पराइरहनुभएको छ । यसैमा खुसी रहेको छु ।’
गीतको म्युजिक भिडियोमा टीका जैसी र अज्ञात सायरले अभिनय गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बनेको म्युजिक भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् ।

प्रतिक्रिया