शेर्पा युवतीसँग लगनगाँठो कस्दै मुख्यमन्त्री राई
अखबार टुडे
प्रकाशित:
२०७७, २ माघ

काठमाडौं, २ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा विवाह गर्दैछन् । मुख्यमन्त्री राई अमेरिका बस्दै आएकी युवतीसँग बिवाह बन्धनमा बाँधिन लागेको उनको सचिवालयले जनाएको छ । युवतीको नाम भने खुलाइएको छैन । तर, उनी शेर्पा समुदायकी रहेको बताइएको छ ।
मुख्यमन्त्री राई निकट स्रोतका अनुसार विवाह भोजका लागि तयारी भइरहेको छ । बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ ।
काठमाडौंमा पछि प्रदेश १ को राजधानी विराटनगरमा पनि मुख्यमन्त्री राईले शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारी लगायतलाई भोज दिने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया