पार्टी विधानविपरित गतिविधि गरेको भन्दै ओलीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड-माधव समूहको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७७, २ माघ

काठमाडौं, २ माघ । नेकपा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठकले पार्टीले कारबाही गरेका केपी शर्मा ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्यविपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । साथै बैठकले महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित कामकारबाही गरेको ठहर गरेको छ ।
यस्तै, बैठकले यो माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ । शुक्रबार कोटेश्वरको पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको नेता नेता भीम रावलले बैठकपछि जानकारी दिए । नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध चरमबद्ध प्रदर्शन गर्दै आइरहेको छ ।
साथै, बैठकले भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाका बारेमा दिएको अभिव्यक्तिको विरोधलगायतका ५ वटा विशेष प्रस्ताव गरेको छ भने तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया