विश्व

वुहानमा डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा


बेइजिङ, २ माघ (एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन आइपुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले बताएको छ ।
डब्लुटिओको १३–सदस्यीय टोलीले कोभिड–१९ को उत्पत्तिको बारेमा चिनियाँ वैज्ञानिकहरुसँग संयुक्त वैज्ञानिक अनुसन्धान गर्ने पनि झाओले सञ्चारमाध्यमहरूसँगको कुराकानीमा बताए । न्यूक्लिक एसिड परीक्षण अनुगमनमा संलग्न चीनको नियमहरू वर्तमान विश्वव्यापी महामारीको स्थितिको आधारमा र अन्य देशहरूद्वारा गरिएको व्यवस्थाको आधारमा तर्जुमा गरिएको पनि उनले बताए । यो अभियानको उद्देश्य महामारी रोकथाम र नियन्त्रण सुनिश्चित गर्दै चिनियाँ र विदेशी कर्मचारीहरूबीच आपसमा अनुभव आदानप्रदानको ग्यारेन्टी गर्नु रहेको उनको दावी थियो ।
‘महामारीको रोकथाम र नियन्त्रणका साथै सुरक्षाको रक्षार्थ ‘क्रस इन्फेक्सन’को जोखिमलाई न्यूनीकरण गर्नु पनि चीनले कमाएकोे उपलब्धी रहेको र यसको उक्त टोलीले प्रशंसा गरेको बताइएको छ ।

Click to comment
To Top