काठमाडौं मलमा निलडेभिड्सको नयाँ मोडलमा फ्रेन्चाइजी सुरु
अखबार टुडे
प्रकाशित:
२०७७, २ माघ

काठमाडौं, २ माघ । नेपाल तथा भारतमा आफ्नो प्रतिभाद्वारा सेलिब्रेटी हेयर स्टाइलिसका रुपमा स्थापित अन्तर्राष्ट्रिय हेयर स्टाइलिस निलडेभिड कटवालले काठमाडौंमा मलमा नयाँ फ्रेन्चाइजी सुरु गरेका छन् । माघे संक्रान्तिका अवसरमा आफ्ना छोरा डेनियल कटवालले व्यवस्थापनलाई बिहीबार सो फ्रेन्चाइजीको उद्घाटन गरिएको छ ।
उद्योगपति राजेन्द्र खेतान, गायक प्रमोद खरेल, गायिका ईन्दिरा जोशी, मोडल दीपक घिमिरे तथा सञ्चारकर्मी सुशिल नेपालले संयुक्त रुपमा रिबन काटेर उक्त सलूनको उद्घाटन गरेका थिए ।
भारतको पुणेबाट सलोन म्यानेज्मेनट तथा फ्रेन्जाइज म्यानेज्मेनटमा उच्च शिक्षा हासिल गरेका डेनियलले सुन्धारास्थित यस काठमाडौं मलको पहिलो तल्लामा आफ्ना बुवाको सलूनको नयाँ फ्रेन्चाइजी मोडललाई आफ्नै डिजाइनमा तयार पारेका हुन् । सलून उद्घाटन गर्दै उद्योगपति राजेन्द्र खेतानले निलडेभिडले आफ्नो व्यवसायको उत्तराधिकारी पाएकोमा शुभकामना दि“दै वधाइ दिँदै सलून व्यवसायलाई जीवनशैलीको एउटा अंग बनाउन सफल भएकोमा बधाइ ज्ञापन दिए ।
गायक प्रमोद खरेलले डेनियल कटवाललाई सलून व्यवसायमा प्रगतिको कामना गर्दै आफ्ना बुवालाई नै नम्बर दुईमा पु¥याएर आफू नम्बर एक बन्ने शुभकामना दिए । गायिका ईन्दिरा जोशीले स्वदेशदेखि विदेशसम्म नीलडेभिड्स ब्राण्डले सबैलाई आकर्षित गर्न सफल भएकोमा बधाई ज्ञापन गरिन् ।
डेनियलले नीलडेविड्स ब्राण्डलाई थप उचाइमा पु¥याउने उद्देश्यले निलडेविड्स सलूनको यो नयाँ फ्रेन्चाइजी मोडल तयार पारेका हुन् । उक्त फ्रेन्चाइजी नयाँ मोडल सञ्चालनमा ल्याइएको हो । यो मोडल नेपाल तथा भारतका लागि फ्रेन्चाइजी मोडल हुनेछ ।
काठमाडौं मलको रहेको यो नयाँ मोडलजस्तै नेपालका विभिन्न शहरहरुहरुमा नीलडेविड ब्राण्डका फ्रेन्चाइजीहरु २५ देखि ३० लाख रुपैयाँको लगानीमा खोल्न सकिने डेनिडल डेविड कटवालले बताएका छन् । छोटो समयमै छोरा डेनियलले आफ्नो ब्राण्डलाई उचाइमा पु¥याउने कुरामा देखाएकोमा बुवा नीलडेविड ढुक्क छन् ।
कार्यक्रममा बोल्दै उनले सन् २०२२ मा निलडेभिड्स फाउण्डेसन स्थापना गरेर एक सय जना गरिव तथा असाहय युवा–युवतीलाई हेयर एण्ड मेकअपको प्रशिक्षण दिएर रोजगारी समेत दिने घोषणा गरेका छन् । उनले निकट भविष्यमै चीनमा समेत आफ्नो शाखा विस्तार गर्न लागेको सुनाए ।

प्रतिक्रिया